युवराज खतिवडा सहितका राजदुत फिर्ता बोलाउने सरकारको निर्णय

सरकारले राजनीतिक कोटामा नियुक्ति दिएर पठाईएका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक कोटामा नियुक्ति दिएर पठाएका राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो।यस संगै अमेरिकाका लागि राजदूत युवराज खतिवडा तथा बेलायतका लागि राजदूत लोकदर्शन रेग्मीलगायत फिर्ता हुनुपर्ने भएको छ । त्यस्तै  २०७३ सालमा शेरबहादुर देउवाले नियुक्त गरेकी प्रतिभा राणसमेत फिर्ता हुनु पर्ने भएको छ।परराष्ट्र सेवाका राजदुतहरुले भने निरन्तरता पाउने छन्  । 

सम्बन्धित सामग्री

राजनीतिक नियुक्तिमा गएका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं । सरकारले केपी ओली सरकारले राजनीतिक कोटामा नियुक्ति दिएर पठाएका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो । सरकारको निर्णय कार्यान्वयनमा आएसँगै अमेरिकाका लागि राजदूत युवराज खतिवडा, बेलायतका लागि राजदूत लोकदर्शन रेग्मीलगायत फिर्ता हुनुपर्ने छ ।