कलासिक स्वाइन फिभरले धरानमा मरे सयभन्दा बढी बंगुर

मोरङ – धरान उपमहानगरपालिकाले क्लासिक स्वाइन फिभरका कारण १०० बढी बंगुर मरेको जनाएको छ। उपमहानगरपालिकाका पशु विकास अधिकारी महेन्द्रकुमार पैकराले गएको १५ दिनयता संक्रामक सरुवा रोग क्लासिक स्वाइन फिभरबाट बंगुर मरिरहेको बताए। धरानको वडा नम्बर ५ देउरालीमा यस रोगले बढी क्षति पुर्‍याएको भन्दै उनले रोग नियन्त्रणका लागि स्वाइन फिभर भ्याक्सिन लगाउन थालिएको जानकारी दिए। गएको […]

सम्बन्धित सामग्री

धरानमा अफ्रिकन स्वाइन फिवरले बंगुर मर्दा ३० करोड नोक्सान

बंगुरपालनका लागि प्रसिद्ध क्षेत्र मानिएको सुनसरीको धरानमा एक वर्षमा किसानले ३० करोड बराबरको क्षति बेहोर्नुपरेको छ ।

धरानका बंगुरमा ‘क्लासिकल स्वाइन फिभर’ पुष्टि

धरानका व्यावसायिक रूपमा पालिएका बंगुरमा क्लासिकल स्वाइन फिभर (बंगुरमा फैलने हैजा) पुष्टि भएको छ । धरानमा एकपछि अर्को गर्दै बंगुर मर्न थालेपछि रोग पहिचान गर्न र्‍यापिड टेस्ट र मृत बंगुरको अंग परीक्षण गरिएको थियो ।

धरानमा बंगुर मरेको मर्‍यै, भएन रोग पहिचान

करिब ३५ लाख रुपैयाँ लगानीमा हर्कमाया मादेन र उनका श्रीमान् सुवास मादेनल धरान–५ माथिल्लो देउरालीस्थित मंगल चोकमा ५ वर्षदेखि व्यावसायिक रूपमा बंगुर पालन गर्दै आएका छन् । तर एक सातामै दुई दर्जन बंगुर मरेपछि उनीहरू यस पटक भने झस्किएका छन् ।

१७ करोडको लगानीमा धरानमा दाना उद्योग स्थापना

भदौ २०, धरान । विश्वव्यापी कोरोना महामारीले आर्थिक क्षेत्र धरासायी भइरहेको बेला धरान ८ तीनकुने स्थित आद्यौगिक क्षेत्रभित्र भने करोडौं लगानीको उद्योग खुलेको छ । २० जना व्यवसायीहरु मिलेर पशुपंक्षीको दाना (आहार) उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको हो । लगानीकर्ताको समूहले १७ करोड लगानीमा ब्राइट फिड प्रालि खोलेका हुन् । प्रालिको शनिवार एक समारोहबीच प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले उद्घाटन गरे । उद्योगले कुखुरा, बंगुर लगायतलाई आवश्यक पर्ने खाद्य पदार्थ उत्पादन गर्ने जानकारी दिइएको छ । मुख्यमन्त्री आचार्यले उत्पादन वृद्धि गर्ने, रोजगारी सृर्जना गर्ने क्षेत्रमा उद्योगहरुको महत्वपूर्ण भुमिका रहने बताए ।  उनले संविधान र लोकतन्त्रको स्थायीयत्व गर्ने काम सँगसँगै उत्पादन वृद्धि, पुर्वाधारको विकास, कृषिको विकास, रोजगारी प्रवर्द्धन सरकारको प्राथमिकता रहेको बताए ।  पशुपंक्षीको आहार विदेश र अन्य प्रदेशबाट आइरहेको सन्दर्भमा धरानमा उद्योग खुलेर आत्मनिर्भर हुने गरि पहल भएको भन्दै मुख्यमन्त्री आचार्यले प्रशंसा गरे । उत्पादन वृद्धि, उद्यम विकास, देशलाई आत्मनिर्भर बनाउन, आर्थिक वृद्धि र व्यापार घाटा बनाउनको लागि यस्तो उद्योग आवश्यक भएको पनि उनले बताए । साधन स्रोत जुटाउन समस्या नहुने तर योजना र व्यवस्थापनको मात्र समस्या भएको आचार्यको भनाइ थियो । उनले उद्यमशिल विकासको लागि सरकार र जनता सबै पक्षले स्वागत र सहयोग गर्ने बताए ।  प्रालिका अध्यक्ष एवम् प्रबन्ध निर्देशक गोपाल श्रेष्ठले किसानहरुलाई असाध्यै समस्या भइरहेको कारण आफूहरुले उद्योग खोलेको बताए । उनका अनुसार लामो समयदेखि पशुपंक्षी पालन गर्ने किसान, दाना वितरक, पशु पोषणविद तथा पशु चिकित्सकहरुलगायत २० जनाको समूह मिलेर उद्योग खुलेको हो ।  यहाँबाट कुखुरा, वंगुर, गाई, भैँसी, माछालगायत पशुपंक्षीको गुणस्तरीय तथा सन्तुलित आहार उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । उद्योगबाट प्रतिदिन २०० मेट्रिक टन दाना उत्पादन गर्ने क्षमता छ ।  बजार विस्तार गर्न उद्योगले थप २० करोड लगानी गर्ने योजना छ । प्रालिमा ५० जनाले प्रत्यक्ष, २०० जनाले अप्रत्यक्ष रोजगारी पाउने श्रेष्ठले बताए । साथै, देशभरका ६ हजार किसानहरु लाभान्वित हुने उनले बताए ।