काठमाडौँ। लुम्बिनी प्रदेशकी कृषि, खाद्य प्रविधि तथा भूमिव्यवस्था मन्त्री सुमन शर्मा रायमाझी सांसद पद गुमेको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र मनोज कुमार शर्माको संयुक्त इजलासले उनको मुद्दा तामेलीमा राखिदिएपछि उनको सांसद पद नै खारेजीमा परेको हो।