कपुरकोट ब्रान्डको तरकारी बेच्न सकिने सम्भावना छ

कपुरकोट गाउँपालिका तरकारीका लागि प्रख्यात छ। यहाँ बेमौसमी तरकारी खेती, जडीबुटी, फलफूल र मसलाबाली बृहत् रूपमा उत्पादन हुने गर्छ। कपुरकोटमा उत्पादित वस्तु बेच्न बजारको व्यवस्था र यातायातको पहुँच छ। कपुरकोट गाउँपालिका सल्यान, रोल्पा र दाङ जिल्लाको सङ्गमस्थल हो। कर्णाली प्रदेशको पूर्वी प्रवेशद्वार मात्र नभई लुम्बिनी प्रदेशको पूर्वी रुकुम र रोल्पा जोड्ने पालिकासमेत हो, कपुरकोट। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का तर्फबाट विजयी गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ, दुर्गाबहादुर पुन। प्रस्तुत छ, अध्यक्ष पुनसँग गोरखापत्रका सल्यान समाचारदाता प्रतीक इच्छुक शर्माले गर्नुभएको कुराकानी :