काठमाडौं । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाले चैत मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरणअनुसार फण्डको नाफा फागुन महीनाको तुलनामा चैत महीनामा ११३ प्रतिशत वृद्धि भएको छ । फण्डले फागुन मसान्तसम्ममा रू. २७ लाख ८७ हजार नाफा कमाएकोमा चैत मसान्तसम्ममा बढेर रू. ५९ लाख ५१ हजार पुगेको हो । चैत महीनामा फण्डको आम्दानी वृद्धि भएकाले नाफा बढेको छ । फागुन मसान्तसम्म फण्डले रू. ५८ लाख ४६ हजार आम्दानी गरेकोमा चैत मसान्तमा बढेर रू. ९४ लाख १७ हजार पुगेको हो ।
नाफासँगै फण्डको न्याभ पनि बढेको छ । फागुन मसान्तसम्म फण्डको न्याभ रू. ८ दशमलव १८ रहेकोमा चैत मसान्तसम्म बढेर रू. ८ दशमलव २७ पुगेको हो । त्यसैगरी फण्डको सूचीकृत शेयरमा लगानी पनि बढेको छ । फण्डले फागुन मसान्तसम्म सूचीकृत शेयरमा रू. १६ करोड ४२ लाख लगानी गरेकोमा चैत मसान्तमा बढेर रू. १७ करोड ५७ लाख पुगेको हो ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्