नेकपा एमालेभित्र विवाद चर्किएका बेला बागमती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापालाई हराउन भूमिका खेलेको भन्दै १४ सांसदलाई स्पष्टीकरण सोधिएको छ ।
एमाले प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा शनिवार बसेको संसदीय बोर्डको बैठकले माधवकुमार नेपाल पक्षका १४ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
सांसद अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसा नेपाल, वसन्तप्रसाद मानन्धर, रचना खड्का, कृष्णप्रसाद शर्मा खनाल, शान्तिप्रसाद पौडेल, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, ...