काठमाडौं, ६ चैत । नायिका प्रियंका कार्की नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को अनुसन्धानमा तानिएकी छिन् । क्रिप्टोकरेन्सी सम्बन्धी घटनामा सोधपुछ गर्नको लागि उनलाई आज सीआइबीले बोलाएको थियो । प्रियंका आज दिउँसो ब्युरोमा पुगेर बनाय दिएकी छिन् । उनले सामाजिक सञ्जालमा एक फोटो पोष्ट गर्दै क्रिप्टोको प्रमोसन गरेको पाइएकाले ब्यूरोले बलाएको बताइएको छ ।