काठमाडौं। कोरोना संक्रमणका कारण विरेन्द्रनगर नगरपालिकामा ३१ जनाले ज्यान गुमाएका छन् भने २६ सय जनामा कोरोना संक्रमण पुष्टि भएको नगर प्रमुख देवकुमार सुवेदीले बताए । विरगन्जको नगर अस्पतालमा २५ वेड क्षमताको अक्सिजन क्षमता भएकोे र अन्य अक्सिजन बिनाको आइसोलेसन निर्माण भएको सुवेदीले बताएका हुन्। अक्सिजनका अभावलाई पूर्ति गर्न नेपालगञ्जबाट अक्सिजन आयात गरेको उनले बताए।