उत्तर कोरियालाई नाकाबन्दी छल्न रुसको सहयोग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई नाकाबन्दी छल्नका लागि रुसले सहयोग गरेको आरोप लगाएका छन् । प्योङयाङ प्रत्येक दिन जसो अमेरिकामा लामो दुरीको क्षेप्यास्त्र प्रहार गर्नका लागि नजिकिदै गएको पनि उनले बताए ।“रुसले उत्तर कोरियासँगको हाम्रो योजनामा सहयोग गरिरहेको छैन,” ट्रम्पले बताए । “चीनले हामीलाई सहयोग गरिरहेको छ, तर रुसले गरेको छैन । “केही समय अगाडिसम्म नाकाबन्दी छल्नका लागि चीनले उत्तर कोरियालाई गरेको सहयोगको खाली ठाउँ हाल रुसले पूर्ति गरिरहेको छ,” उनले बताए ।ट्रम्पले यो वर्ष सामना गर्दै आएको प्रमुख अन्तर्राष्ट्रिय चुनौतीमा उत्तर कोरिया प्रमुख रहेको राष्ट्रपतिले बताए । विगतका समयमा पनि उनले किमसँगको वार्ता अस्वीकार गरेका थिएनन् ।

सम्बन्धित सामग्री

ट्रकचालकको नाकाबन्दी टुंग्याऊ : अमेरिका

मिशिगन : अमेरिकी अधिकारीले शक्ति प्रयोग गरेर भए पनि क्यानडामा भइरहेको ट्रकचालकको आन्दोलन टुंग्याउन आह्वान गरेका छन्।   कार निर्माता र स्थानीय अधिकारीले क्यानडा र अमेरिकाबीचको 'एम्बेसडर ब्रिज'मा उक्त नाकाबन्दी टुंग्याउन निषेधाज्ञाको माग गरेका छन्।ओन्टारियोको एक अदालतले प्रदर्शनकारीलाई अनलाइन चन्दा लिने रोक लगाएको छ।उत्पीडन गरेको भन्दै गोफन्डमी बन्द गरिदिएपछि ट्रकचालकले अनलाइन प्लाटफर्म गिभसेन्डगोमार्फत ८ मिलियन अमेरिकी डलर सहयोग संकलन गरेका छन्।ओन्टारियोका मुख्यमन

एमसीसी पास हुन नदिन चीनले लगायो नेपालमाथि नाकाबन्दी !

नेपालमा अहिले चीनकको अघोषित नाकाबन्दी छ । नेपाली व्यवसायीले दशैँका लागि अर्डर गरेका सामान बल्ल आईपुग्दै छन् । जाडोका लागि अर्डर गरेका सामानहरु बैशाख जेठतिर मात्रै आईपुग्ने अवस्था देखिएको छ ।यस विषयमा व्यवसायीक संघ संगठनहरुले आफ्नै बलबुतामा केही प्रयास गरेपनि कुटनीतिक पहल भने शुन्य प्रायः छ । कथा यसरी सुरु हुन्छ२०७३ साल बैशाख २९ गते अर्थात् २०१६ मे ११ तारिखमा चीनको लान्चौ शहरबाट नेपालको काठमाडौँका लागि व्यापारिक रेल छुटेको समाचार आएको थियो । यो खबर सञ्चार संस्था पिपुल्स डेलीको अनलाइन संस्करणमा छापिएको थियो । उक्त रेल २ हजार ४३१ किलोमिटर हिडेर चीनको सिँगात्से पुग्ने र त्यहाँ उक्त रेलले बोकेका सामान झार्ने र त्यहाँबाट ७२४ किलोमिटरको दुरीमा ट्रकमार्फत ती सामान काठमाडौँ पुग्ने खबर थियो ।त्यसको ४ वर्षपछि २०७७ जेठ ९ गते अर्थात् २०२० मे २२ तारिखमा चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वामा पनि यस्तै खालको समाचार आयो । जसमा चिनियाँ शहर सियानबाट काठमाडौँका लागि रेल हिडेको लेखिएको थियो ।तर, यी दुबै समाचार झुठो रहेको पाईएको छ । चिनियाँ पक्षले नेपालको सहानुभूति पाउन, अन्तराष्ट्रिय मञ्चमा नेपालको समर्थन बटुल्न र नेपालमा मौलाएको भारत विरोधी मानसिकतालाई मलजल गर्न यी दुबै समाचार नियोजित रुपमा छापिएको अनुमान हुन थालेको छ ।चीनसँगको व्यापार सम्झौताको वाहवाहीनेपाल–चीन बीचको व्यापार तथा पारबहन सम्झौतालाई तत्कालिन केपी ओली नेतृत्वको सरकारले ऐतिहासिक सम्झौताका रुपमा प्रचार गरेको थियो । नेपालमा संविधान बनेपछि २०७२ सालमा भारतले नाकाबन्दी लगाएको थियो । त्यसबेला केपी ओली पहिलो पटक प्रधानमन्त्री बनेका थिए । नाकाबन्दीका कारण नेपालमा भारत विरोधी गतिविधि भईरहेका थिए ।भारतसँग मात्रै निर्भर रहेको नेपालको वैदेशिक व्यापारलाई उत्तर तिरबाट पनि विस्तार गर्ने उदेश्यका साथ तत्कालिन प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला २०७२ चैत ८ गते दुई देशबीच व्यापार तथा पारबहन सम्झौता भएको थियो । यस्तो सन्धि यसअघि नेपालले भारत र बंगलादेशसँग मात्रै गरेको हुनाले ओली सरकारले त्यतिबेला यसलाई ऐतिहासिक सन्धिका रुपमा प्रचार गर्यो । यद्यपी, बंगलादेशसँग भुगोलले नेपाल जोडिएको छैन । त्यसकारण यस्तो व्यापारका लागि भारतसँग मात्रै निर्भर हुनुपर्ने बाध्यतामा नेपाल थियो ।नेपालमाथि भारतले नाकाबन्दी लगाएर भर्खर भर्खर अलिअलि खुलेको समयमा चीनसँग भएको सम्झौताले नेपालमा निकै ठूलो महत्व पायो । २०७६ बैशाख १६ मा राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका बेला उक्त पारबहन सन्धिको प्रोटोकलमा पनि दुई देशबीच हस्ताक्षर भयो ।यसपछि नेपालमा झन चीनको समर्थन बढ्न थाल्यो ।यसअघिःचीनको अघोषित नाकाबन्दीः नेपाली व्यवसायीका १ हजार कन्टेनर रोकिएप्रोटोकल आजसम्म कार्यान्वयन भएनप्रोटोकलमा सुरुमा चीनका ४ सामुद्रिक र ३ सुख्खा बन्दरगाह प्रयोग नेपालले गर्न पाउने, चीनको सबै बाटो प्रयोग गरेर नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न सक्ने, नेपालका ६ वटा उत्तरी नाकाबाट सामान ढुवानी गर्न पाउने, नेपालमा दर्ता भएका ढुवानीका साधन सिँगात्सेसम्मै पुग्न पाउने, नेपालले चीनका सबै रेल, बन्दरगाह, जलमार्ग प्रयोग गर्न पाउने विषय उल्लेख गरिएको थियो ।यो प्रोटोकलमा हस्ताक्षर हुनु अघिल्लो दिन २०७६ जेठ १५ बाट भुकम्पका कारण ४ वर्ष १ महिना बन्द रहेको व्यापारिक नाका तातोपानी भने आंशिक रुपमा खुलाईएको थियो ।भोलीपल्ट २०७६ बैशाख १६ मा प्रोटोकलमा भएको दुई देशबीचको हस्ताक्षर अनुसार सोही दिनबाट प्रोटोकल कार्यान्वयनमा आउनुपर्ने हो । तर, अहिलेसम्म प्रोटोकलमा उल्लेख भएका एउटा पनि बुँदा कार्यान्वयनमा आएका छैनन् ।अनि नाकाबन्दीकोरोना भाइरसको विश्वव्यापी महामारी सुरु हुनु अघिसम्म नेपाल तर्फका रसुवाका स्थानीय नागरिक र ढुवानीका साधनलाई चिनियाँ पक्षले केरुङसम्म जान दिन्थ्यो । तर, कोरोनाको कारण देखाउँदै यो सुविधा चिनियाँ पक्षले अहिले बन्द गरिदिएको छ ।केरुङ–रसुवागढी जम्मा २५ किलोमिटर दुरीमा बस्तु ढुवानीका लागि चिनियाँ साधन मात्रै प्रयोग हुँदै आएका छन् । यो २५ किलोमिटर दुरीमा बस्तु ढुवानीका लागि चिनियाँ साधन मात्रै प्रयोग गर्नुपर्ने बाध्यताका कारण चिनियाँ साधनले ४ लाखसम्म भाडा लिने गरेका छन् ।अहिले दैनिक मुस्किलले १० वटा कन्टेनर मात्रै नेपालतर्फ पठाउँदै चीनले विगत २ वर्षदेखि नेपालमाथि अघोषित नाकाबन्दी लगाईरहेको नेपाली व्यवसायीहरु बताउँछन् । तर, चीनले २ वर्षदेखि लगाईरहेको नाकाबन्दीको विषयमा नेपालमा अहिलेसम्म कसैले पनि सार्वजनिक रुपमा विरोध गर्न सकेका छैनन् । नाका खुलाउन कुटनीतिक पहल पनि भएको देखिएको छैन ।‘शून्य कोभिड नीति’का कारण अरु देशका व्यवसायी, ढुवानीका साधन र नागरिकलाई प्रवेश नदिईएको चिनियाँ पक्षले बताउँदै आएको छ । यति मात्रै नभई, परराष्ट्र मन्त्रालयका अधिकारीले यस विषयमा कुरा गर्न खोज्दा नेपालस्थित चिनियाँ दुतावासका अधिकारीहरुले समय नै दिएका छैनन् ।एमसीसी रोक्ने कदम हो कि ?व्यापारिक क्षेत्रका विश्लेषक तथा अन्तराष्ट्रिय व्यापारका जानकारहरु नेपालमा अमेरिकी सहयोग परियोजना (एमसीसी) लागू हुन नदिन चीनले दबाब स्वरुप यसो गरिरहेको हुन सक्ने अनुमान गर्छन् । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक मञ्चबाट पटक पटक एमसीसी पास गर्नुपर्छ भनेर बोलेका कारण चीन सशंकित भएकाले कुटनीतिक रुपमा नाका पूर्ण रुपमा खुलाउन गरिएका केही पहल पनि सार्थक नभएको अनुमान हुँदै आएको छ । काँग्रेस प्रतिपक्षमा हुँदादेखि नै एमसीसीको पक्षमा रहेको र अहिले प्रमुख प्रतिपक्षमा रहेको एमाले पनि सत्ता गठबन्धन भत्काउने सर्तमा एमसीसी पास गराउन सहयोगी बन्ने देखेर चीनले यो रणनीति अपनाएको हुन सक्ने दाबी कतिपयको छ ।

कोरोना विपतमा उठेनन् सहयोगी हात

काठमाडौं, जेठ २ ।विगतमा बाढी, पहिरोजस्ता प्राकृतिक विपत्ति होस् वा भूकम्प, नाकाबन्दी होस् वा अन्य कुनै दैवी प्रकोप। हरेक विपत्तिमा उद्योगी, व्यवसायी स्वयं सघाउन अग्रसर हुन्थे। राहतका सामानदेखि नगद सहयोग गर्नेको लर्को लाग्थ्यो। अहिले मुलुक कोभिड १९ को दोस्रो लहरले आक्रान्त छ। अस्पतालमा अक्सिजन र शय्या नपाएर संक्रमितले ज्यान गुमाइरहेका छन्। कोरोना संक्रमितको स्वास्थ्य परीक्षणदेखि […]

कतार संकटको एक वर्ष : दोहामाथि अझै दबाब दिने दाउमा खाडी मुलुक - Naya Patrika

खाडी मुलुक कतारविरुद्ध साउदी अरब र उसका साझेदार राष्ट्रहरूले नाकाबन्दी लगाएको एक वर्ष पुगेको छ । ‘अतिवाद’लाई सहयोग पु-याएको र इरानसँग नजिकिएको आरोप लगाउँदै ६ खाडी मुलुकले कतारविरुद्ध नाकाबन्दी लगाएका थिए ।...पूरा पढ्नुहोस् »

कतार नाकाबन्दी: इरानी विमानबाट खाद्यान्न

कतारले आतंकवादलाई सहयोग पुर्याएको भनेर केही खाडी राष्ट्रहरुले क्षेत्रीय नाकाबन्दी लगाएका छन्।

नाकाबन्दी छल्न उत्तर कोरियालाई रूसको सहयोग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई नाकाबन्दी छल्नका लागि रूसले सहयोग गरेको आरोप लगाएका छन् । प्योङयाङ प्रत्येक दिनजसो अमेरिकामा लामो दूरीको क्षेप्यास्त्र प्रहार गर्नका लागि नजिकिँदै गएको पनि उनले बताए ।

कतारका नेपाली भन्छन्- गोलभेडा खान छाडियो !

१२ पुस, कतार । विगतमा नेपालले भारतीय नाकाबन्दी खेपेजस्तै कतारले यतिबेला छिमेकी देशहरुको नाकाबन्दी खेपिरहेको छ । र, यो नाकाबन्दीको असर नेपालीहरुलाई समेत परेको छ । आतंककारीलाई संरक्षण र आर्थिक सहयोग गरेको भन्दै जून ६ देखि १३ बुँदे शर्तसहित औपचारिक रुपमा जल, स्थल र हवाई नाकाबन्दी खेपेको कतारले अहिलेसम्म पनि नाकाबन्दीलाई …

नाकाबन्दी हुँदा पनि कतारमा तीव्र आर्थिक वृद्धि

दोहा । कतारको आर्थिक बृद्धिदर तिव्र गतिले भइरहेको कतारको केन्द्रीय बैंकका गभर्नरले बताएका छन् ।  गभर्नर सेख अब्दुल्लाह विन साउड अल थानीले खाडी सहयोग परिषद्...

थप प्रतिबन्धले फरक पर्दैन : किम

उत्तर कोरियाले थप प्रतिबन्धले आफूलाई केही फरक नपर्ने बरु परमाणु कार्यक्रमलाई तीव्रता दिन सहयोग पुर्‍याउने चेतावनी दिएको छ । प्योङयाङले राष्ट्रसंघीय सुरक्षा परिषद्ले लगाएका नयाँ नाकाबन्दी ‘अनैतिक तथा अमानवीय’ भएको संज्ञा दिएको छ ।

इरानमाथि नाकाबन्दी गर्ने अमेरिकाको घोषणा

आतंकवादी संगठनलाई सहयोग तथा हिंसात्मक कार्यहरूलाई बढावा दिएको  आरोपमा अमेरिकाले इरानमाथि नाकाबन्दी लगाउने घोषणा गरेको छ।