काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट केन्द्रीय सदस्य मीन विश्वकर्माले आसन्न १४औँ महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौलासँग केन्द्रमा पनि सहकार्य हुने बताएका छन् ।
बूढानीलकण्ठस्थित देउवा निवासमा जारी बैठकबारे सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । प्रदेश नम्बर–१, वाग्मती प्रदेशलगायतमा पनि सहकार्य भएकाले केन्द्रमा पनि सहकार्य हुनेमा आफू विश्वस्त रहेको...