गृहमन्त्रीमा पुनर्नियुक्ति पाएका रामबहादुर थापाले दौरा सुरुवाल लगाएर शपथ गरेका छन् । आइतवार राष्ट्रपति कार्यालय शितल निवासमा भएको शपथ ग्रहण कार्यक्रममा मन्त्री थापाले दौरा सुरुवाल लगाएका थिए ।
प्रधानमन्त्री केपी शर्माकै जस्तो खैरो कोट र भादगाउँले टोपी लगाएका थिए । पूर्व माओवादी पृष्ठभूमिका नेताहरु ‘सामान्ती पोशाक’ भन्दै दौरा सुरुवाल लगाउन हिच्किचाउने गरेका थिए ।
पूर्व माओवादी पृष्ठभूमिका बादल यसअघि दौरा सुरूवालको भेषमा देखिएका थिएनन् । यसअघि चैत्र २७ गते पुनर्नियुक्ति पाएका चार मन्त्रीमध्ये टोपबहादुर रायमा...