कथालाई जसरी स्थापित गरेर फिल्म अघि बढ्नुपर्ने हो, बढ्न सकेको छैन । निर्देशक भट्टले चरित्र अभिनयमा खास मिहिनेत गरेको देखिँदैन । एक्सनमा मात्र ध्यान दिँदा फिल्मले पूरै लय गुमाएको देखिन्छ ।
दसैँ सेरोफेरोमा रिलिज भएका चार फिल्ममध्ये ‘छक्कापञ्जा ५’ र ‘ज्वाइँ साब’ बीच छुट्टै प्रतिस्पर्धा देखियो । दीपकराज गिरी र दीपाश्री निरौलाको टिमबाट निकालिएका जितु नेपाल अभिनित ‘ज्वाइँ साब’ प्रति एकथरी दर्शकको सहानुभूति थियो । त्यही प्रतिस्पर्धाकै बीचमा एक्सन जनराको ‘१२ गाउँ’ ले राम्रै व्यापार गरिरहेको छ । साउथ इण्डियन फिल्मको झल्को...