टी–२० विश्व कप क्रिकेटकाे सेमिफाइनलको समीकरण पूरा

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेटमा आज भारत र नामिबिया खेल्दैछन्। सुपर १२ को समूह २ अन्तर्गत भारत र नामिबियाबीचको खेल दुबईमा भरे बेलुका पौने ८ बजे हुनेछ । प्रतियोगिताबाट बाहिरिएका यी दुवै टिमले आज औपचारिकताका लागि मात्रै खेल्दै छन् । आईसीसी टी–२० विश्व कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । अब फाइनल पुग्नका लागि पाकिस्तानले आउँदो बिहीवार सुपर १२ को समूह २ को उपविजेता अष्ट्रेलियासँग खेल्नेछ । अहिलेसम्म अपराजित रहँदै सेमिफाइनलमा पुग्ने पाकिस्तान यो विश्व कपमा एक्लो टोली हो । यस्तै, फ...