कर्णाली प्रदेशसभाको असार १२ गतेदेखि स्थगित बैठक अब बिहीबार बस्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले असार १२ गते बसेको कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८औँ प्रदेशसभा बैठक अवरोध गरेयता सदन स्थगन भएको थियो । सभामुख राजबहादुर शाहीले बैठक सञ्चालनका लागि सत्ता साझेदार दलका नेता र प्रतिपक्षी दलबीच पटक–पटक बैठक बसाउँदा पनि सहमति जुट्न सकेको थिएन । “प्रमुख प्रतिपक्षी एमालेले मुख्यमन्त्री रोजगार कार्यक्रम कार्याविधिअनुसार लागू गर्नुपर्ने, निर्वाचन क्षेत्र विशेष कार्यक्रमको निष