सिभिल लघुवित्तको लाभांश पारित

सिभिल लघुवित्त वित्तीय संस्था Civil Laghubitta Bittiya Sanstha  को लाभांश पारित भएको छ । आज आइतवार काठमाडौंमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु तथा १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश गरि जम्मा २० प्रतिशत लाभांश सहित अन्य प्रस्तावहरु पारित गरेको हो ।सभामा  प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेले पूर्व मेची देखि महाकालीसम्मका जिल्लाहरुमा कार्यक्रम विस्तार भएको, दोहोरो अंकमा सेयरधनीलाई लाभांश वितरण गर्न सकेकोमा सञ्चालक समिति र व्यवस्थापनलाई धन्यवाद दिएका छन् । साथै, संस्थाले गरेको उत्साहजनक प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा संस्थाले आफ्ना ग्राहकलाई गुणस्तरिय सेवा उपलब्ध गराउने, कर्मचारीको कार्य क्षमतामा अभिवृद्धि गराउने र निष्कृय कर्जा व्यवस्थापनमा जोड दिई लगानीकर्तालाई यसै प्रकारको प्रतिफल दिन सकोस् भनी संस्थाको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले हालसम्म ७४ शाखा कार्यालयहरु मार्फत ५८ हजार भन्दा बढि सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै रु. ७५ करोड बचत संकलन गरी रु. ३ अर्ब २७ करोड भन्दा बढी लगानी गरेकोे छ । 

सम्बन्धित सामग्री

एनआइसी एसिया बैंकको लाभांश पारित

एनआइसी एसिया बैंक लिमिटेडले सेयरधनीलाई वितरण गरेको लाभांश पारित भएको छ । बैंकको २६औँ वार्षिक साधारणसभाले लाभांश वितरण पारित गरेको हो । साधारणसभाले गत आव ०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता...

कामना सेवाको लाभांश पारित

कामना सेवा विकास बैंक लिमिटेडले सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित भएको छ । बैंकको १६औँ वार्षिक साधारणसभाले आव ०७८/७९ को लाभांशबाट चुक्ता पुँजीको चार दशमलव ४१ प्रतिशत बोनस सेयर...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्स लिमिटेडले प्रस्ताव गरेको ७.०५ प्रतिशत लाभांश पारित गरेको छ । इन्स्सोरेन्सको २७ औँ वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो । सभाले चुक्ता पुँजीको ६.७० प्रतिशत बोनस सेयर तथा ०.३५ प्रतिशत बोनस सेयरमा लाग्ने करसमेत जम्मा ७.०५ प्रतिशत लाभांश पारित गरेको हो । साथै, उक्त साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन पनि […]

नबिल बैंकको ३० प्रतिशत लाभांश पारित

काठमाडौँ – नबिल बैंकको ३० प्रतिशत लाभांश पारित भएको छ। शुक्रबार बैंकको ३८ औँ वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रस्तावित ३० प्रतिशत लाभांश पारित गरेको हो। बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको सञ्चित मुनाफा तथा अन्य वितरणयोग्य कोषबाट शेयरधनीलाई १८.५ प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। समीक्षा वर्षको […]

युनाइटेड इन्स्योरेन्सको लाभांश पारित

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले सेयरधनीका लागि वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित भएको छ । कम्पनीको २९औँ वार्षिक साधारणसभाले आव ०७८/७९ को मुनाफाबाट पाँच प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका...

एनएमबि बैंकको लाभांश पारित

एनएमबि बैंकले सेयर सदस्यका लागि प्रस्ताव गरेको लाभांश पारित भएको छ । बैंकको २७औँ साधारणसभाले आव ०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरिएको करसहितको आठ दशमलव २५ प्रतिशत लाभांश पारित...

एभरेष्ट बैंकको लाभांश पारित

एभरेष्ट बैंक लिमिटेडले सेयरधनीका लागि प्रस्ताव गरेको २० दशमलव ६८ प्रतिशत लाभांश पारित भएको छ । बैंकको २८औँ वार्षिक साधारणसभाले आव ०७८/७९ को मुनाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र सात...

एनएमबि बैंकको लाभांश पारित

एनएमबि बैंकले सेयरधनीका लागि वितरण गर्न प्रस्ताव गरेको १५ दशमलव ८ प्रतिशत लाभांश पारित भएको छ । बैंकको २६औँ साधारणसभाले आव ०७७÷७८ को मुनाफाबाट १२ दशमलव ५० प्रतिशत बोनस सेयर र...

इन्भेष्टमेन्ट बैंकको  लाभांश पारित

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको वार्षिक साधारणसभाले गत आर्थिक वर्षको लाभांश पारित गरेको छ । सभाले १२.६११ प्रतिशत बोनस सेयर र ३.३८९ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश पारित...

सिबिआईएल क्यापिटलको २५ प्रतिशत लाभांश पारित

सिबिआईएल क्यापिटलले आफ्ना सेयरधनीहरुका लागि २५ प्रतिशत नगद लाभांश पारित गरेको छ । शुक्रबार सम्पन्न पन्ध्रौं वार्षिक साधारणसभामा उक्त लाभांश पारित गरेको कम्पनीले जनाएको छ ।साधारणसभाले आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट २५ नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको हो ।