आधाभन्दा बढी कैदीबन्दीमा मनोसामाजिक समस्या !

नख्खुको मनोसामाजिक अपाङ्ग बन्दी अस्पतालमा एक युवक दिनहुँ बिहानै अस्पताल पुग्छन् । अस्पतालको ओपिडी सेवामा के भइरहेको छ, त्यो अवलोकन गर्छन् । सबै ठीकठाक छ भने दुई तलामाथि रहेको निमित्त प्रमुख प्रशासकको कोठामा प्रवेश गर्छन् । अनि कम्प्युटर र कागजातमा घोत्लिन थाल्छन् । ती युवक हुन्, ३९ वर्षीय जङ्ग बहादुर राई । काभ्रे र उदयपुरमा जेलरका रूपमा काम गरिसकेका राई यतिबेला नख्खु कारागारभित्रको मनोसामाजिक अपाङ्ग बन्दी अस्पतालको नेतृत्व सम्हालिरहेका छन् । निमित्त अस्पताल प्रमुखका रूपमा काम गरिरहेका राई य