यूईएफए सुपर कपको उपाधि रियल मड्रिडलाई

काठमाण्डाै - युरोपेली च्याम्पियन्स लिगको विजेता रियल मड्रिडले यस सिजनको यूईएफए सुपर कपको उपाधि जितेको छ । गएराति भएको खेलमा आइनट्राक्ट फ्रान्कफर्टलाई २–० गोलअन्तरले पराजित गर्दै रियल मड्रिडले सुपर कपको उपाधि जितेको हो । रियल मड्रिडका लागि डेविड अलाबा र करिम बेन्जेमाले एक/एक गोल गरे । बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा यसअघि रियलले ला लिगा र यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो । बेन्जेमाले रियलका लागि ६ सय १० खेलमा ३ सय २४ गोल पुर्याएका छन् । उनी क्रिस्टियानो रोनाल्डो पछिका दोस्रो सर्वाधिक गोलकर्ता हु...