काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उहाँकी श्रीमती राधिका शाक्यलाई पनि सङ्क्रमण पुष्टि भएको छ ।
एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पतिले पीसीआर परीक्षण गर्नु भएको थियो । पीसीआर गर्दा पोजेटिभ देखिएपछि उहाँहरु अहिले आफ्नै निवासमा आइसोलेशनमा बस्नुभएको ओलीको निजी सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार सङ्क्रमण पुष्टि भएपछि पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको छ ।
आज ओलीले गर्ने भनिएको पत्रकार सम्मेलन पनि रोकिएको छ । वर्तमान रा...