नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनसँगै नेताहरू पक्षविपक्षमा लागेका बेला कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा प्रचण्ड–नेपाल पक्षमा खुलेका छन् ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर मानिएका बुढा नेकपा नेता जनार्दन शर्मा र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलपछि प्रचण्ड–नेपाल पक्षमा लागेका हुन् ।
मन्त्री बुढाले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपाली कम्युनिस्ट आन्दोलनलाई सफल र एकीकृत बनाउन म एक जिम्मेवार कार्यकर्ताको रूपमा महत्त्वपूर्ण भूमिका रहने तथा डोल्...