बागमती प्रदेशमा बहुमत सांसदसहित मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी

बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने पक्का भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि समाजवादीका संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्रीको प्रस्ताव गर्दै ५९ जना सांसदले प्रदेश प्रमुखसमक्ष बुधबार दावी पेश गरेका हुन् ।मुख्यमन्त्री शाक्यले राजीनामा दिएसँगै प्रदेश प्रमुख यादवप्रसाद शर्माले बिहीबार ३ बजेसम्म सरकार गठनको लागि आह्वान गरेका थिए । […]