२०७३ वैशाख २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गर्यो । पूर्ववर्ती सुशील कोइराला नेतृत्वको सरकारको पालमा राजदूत नियुक्त भएका आचार्यलाई १ वर्ष पाँच दिनमै सरकारले फिर्ता बोलायो । फिर्ता बोलाउँदा आरोप लगाइयो– सरकार ढाल्न सक्रिय भएको, भारतीय राजदूत रञ्जित रेसँग तराईका जिल्लामा हिँडेको लगायत ।
सत्ता साझेदार माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि उपाध्यायलाई फिर्ता बोलाएको केही समयमै ओली नेतृत्वको सरकार ढल्यो । र, म...