संसदीय समितिले नारायणघाट–बुटवल पूर्व–पश्चिम खण्डको निर्माण कार्य आशाजनक नभएको भन्दै आयोजनाको लागत नबढ्ने गरी तत्काल ठेक्का रद्द गर्न निर्देशन दिएको छ ।बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–बुटवल सडक पूर्व–पश्चिम खण्डको कार्य प्रगतिका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहित आयोजना प्रमुखहरूसँग गरेको छलफलपछि समिति सभापति कल्याणी खड्काले सरकारलाई यस्तो निर्देशन दिएकी हुन् […]
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले नारायणघाट–बुटवल सडक आयोजनाको ठेक्का रद्द गर्ने चेतावनी दिएका छन् ।
बुधबार प्रतिनधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री राईले नारायणघाट–बुटवल सडक आयोजनाको काम निराशाजनक रहेको भन्दै एकपटक पुनः निर्देशन गर्ने र नमाने ठेक्का रद्द गर्ने चेतावनी दिएका हुन् ।
उनले आयोजनाको ठेक्का रद्द गर्दा लागत बढ्ने लगायतका...