करिब ६ महिनाअघि परीक्षणका रूपमा सुरु भएकोे भैरहवा बसन्तपुरमा रहेको सबैभन्दा ठूलो रेडसन वाटर फन पार्क नेपालका अन्य वाटरपार्कभन्दा भिन्दै छ । भिन्दै यस अर्थमा कि त्यहाँ समुद्रको छालको मज्जा लिन सकिन्छ । समुद्रको किनारमा जसरी समुद्रको छाल आउँछ र त्यसमा रमाउने गर्छन्, यस्तै छालको निर्माण यो वाटरपार्कमा बनाइएको छ । परीक्षण रूपमा सफल भएपछि व्यावसायिक रूपमा यो वाटर पार्क आज (बिहीबार)बाट सञ्चालनमा ल्याउने तयारी रहेको पार्कका प्रबन्ध सञ्चालक बुद्धीराम यादवले बताए ।