शे–फोक्सुण्डो संरक्षणमा सहकार्य बढ्दै

भूगोलका हिसाबले डोल्पा ठूलो जिल्ला। सोही जिल्लाको मध्य तथा माथिल्लो भागमा अवस्थित शे–फोक्सुण्डो  राष्ट्रिय निकुञ्ज हो। यसको भू–भाग डोल्पा र मुगु जिल्लामा फैलिएको छ। पछिल्लो समयमा स्थानीयवासी र निकुञ्जको सहकार्यमा संरक्षणमा ठूलो सफलता हासिल भएको छ।