म्यारोडोनाको निधनमा स्वास्थ्यकर्मी दोषी

एजेन्सी। अर्जेन्टिनाका महान फुटबलर डिएगो म्यारोडोनाको निधनमा ७ जना स्वास्थ्यकर्मी दोषी पाइएको स्पेनीस पत्रिका मार्काले जनाएको छ। दोषी पाइएका स्वास्थ्यकर्मीहरु म्यारोडोनाको निधन अघि उनको स्वास्थ्य सहयोगीको रुपमा रहेका थिए। म्यारोडोनाको निधनमा दोषी देखिएपछि उनीहरुमाथि मुद्दा चलाइने भएको छ। अदालतले दोषी ठहर गरेका उनीहरुले ८ देखि २५ वर्षसम्म जेल सजाय भोग्नुपर्ने छ। म्यारोडोनाको गत नोभेम्बरमा ६० वर्षको उमेरमा निधन भएको थियो।

सम्बन्धित सामग्री

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई बधाई

जब चरिकोटमा मिति २०७३ सालमा एउटा घटना घट्यो जसबाट चिकित्सक र स्वास्थ्यकर्मी चिन्तित हुनुपर्‍यो। चिकित्सक र स्वास्थ्यकर्मीहरु लामबद्ध भएर 'हामी दोषी हौँ, अपराधी हौँ' भनी हात जोडेको भिडियो सार्वजनिक भयो।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई बधाई

जब चरिकोटमा मिति २०७३ सालमा एउटा घटना घट्यो जसबाट चिकित्सक र स्वास्थ्यकर्मी चिन्तित हुनुपर्‍यो। चिकित्सक र स्वास्थ्यकर्मीहरु लामबद्ध भएर 'हामी दोषी हौँ, अपराधी हौँ' भनी हात जोडेको भिडियो सार्वजनिक भयो।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई बधाई

जब चरिकोटमा मिति २०७३ सालमा एउटा घटना घट्यो जसबाट चिकित्सक र स्वास्थ्यकर्मी चिन्तित हुनुपर्‍यो। चिकित्सक र स्वास्थ्यकर्मीहरु लामबद्ध भएर 'हामी दोषी हौँ, अपराधी हौँ' भनी हात जोडेको भिडियो सार्वजनिक भयो।

भेरी अस्पतालमा आक्रमण भएपछि आन्दोलनमा उत्रिए स्वास्थ्यकर्मी

बुटवल, जेठ १४ । भेरी अस्पताल, बाँकेको स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।आफूहरुमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै उनीहरु शुक्रबार बिहान नाराबाजी गर्दै आन्दोलनमा उत्रिएका हुन् ।उनीहरुले अस्पताल बाहिर आक्रमणकारी गर्ने दोषी कारवाही गर, हामीलाई न्याय देउ, प्रशासन मुर्दावाद, नो सेक्युरिटी नो वर्क भन्दै नाराबाजी गरेका छन् ।बिरामीका...

म्याराडोनाका चिकित्सकलाई २५ वर्ष कैद हुन सक्ने

अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधनमा स्वास्थ्यकर्मी नै दोषी पाइएको छ । गत २५ नोभेम्बरमा हर्टअट्याकका कारण म्याराडोनाको घरमै निधन भएको थियो । ६० वर्षको उमेरमा म्याराडोनाको निधन हुनु दुई साताअघि मात्र उनको...

म्यारोडोनाको निधनमा स्वास्थ्यकर्मी दोषी

एजेन्सी। अर्जेन्टिनाका महान फुटबलर डिएगो म्यारोडोनाको निधनमा ७ जना स्वास्थ्यकर्मी दोषी पाइएको स्पेनीस पत्रिका मार्काले जनाएको छ। दोषी पाइएका स्वास्थ्यकर्मीहरु म्यारोडोनाको निधन अघि उनको स्वास्थ्य सहयोगीको रुपमा रहेका थिए। म्यारोडोनाको निधनमा दोषी देखिएपछि उनीहरुमाथि मुद्दा चलाइने भएको छ। अदालतले दोषी ठहर गरेका उनीहरुले ८ देखि २५ वर्षसम्म जेल सजाय भोग्नुपर्ने छ। म्यारोडोनाको गत नोभेम्बरमा ६० वर्षको उमेरमा निधन भएको थियो।

द्रुत मार्गबाट काम गर

कोरोना भाइरसको संक्रमण तीव्र बन्दै जाँदा पछिल्लो २४ घण्टामा ७ हजार १३७ जनामा संक्रमण पुष्टि भएको छ जुन हालसम्मकै सर्वाधिक हो । दोस्रो लहरको प्रारम्भिक चरणमै यतिका धेरै संक्रमित हुँदा आगामी दिनमा संक्रमण निकै भयावह हुन संकेत देखिइसकेको छ । सम्भावित संकटबाट नागरिकलाई जोगाउन विज्ञहरूले विभिन्न चरणमा गर्नुपर्ने तयारीबारे सरकारलाई सुझाव दिने र सतर्क पार्ने काम गरिसकेका छन् । तर, सम्भावित संकटविरुद्ध लड्न द्रुतमार्गबाट तयारी थाल्नुपर्नेमा त्यसो हुन सकेको छैन । जहाँ शासकको व्यक्तिगत लहडमा काम भएको छ र प्रमाणित तथ्यभन्दा बाहिर गएर काम गरिएको छ त्यहाँ नै कोरोना भयावह समस्या बनेको छ अनि त्यही देशमा नै अत्यधिक जनताले ज्यान गुमाएको पनि देखिन्छ । कोरोना अहिले जसरी तीव्र दरमा बढिरहेको छ त्यसमा नागरिकहरूको लापर्बाही एक कारण त हुँदै हो तर त्यो भन्दा सरकारको नेतृत्वमा बस्नेहरूको आचरण र अभिव्यक्ति बढी दोषी देखिन्छ । सबैभन्दा बढी संक्रमित भएकै दिन लुम्बिनी प्रदेशमा नाटकीय राजनीतिक कदम चालियो । गण्डकीमा पनि यस्तै गरिएको थियो र अन्य प्रदेशमा पनि यही अवस्था देखिँदै छ । संघीय सरकारमा देखिएको विवाद प्रदेश सरकारसम्म फैलिएको छ । तर, देशमा आइपरेको अभूतपूर्व स्वास्थ्य संकटबारे सरकारहरूलाई कुनै चासो नभएको जस्तो देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै बेसार पानी र अम्बाको पातको उपदेश दिँदा कोरोनाबारे जनता भ्रमित हुनु स्वाभाविक हो । अहिलेको समयमा वैज्ञानिक, तथ्यपरक र प्रमाणित कुरामात्रै गर्नुपर्नेमा आफ्ना व्यक्तिगत विश्वासका कुरा जनतालाई सुनाउँदै गर्दा त्यसले आममानिसमा पर्ने असरबारे उच्च नेतृत्वले सोच्नसमेत नसकेको देखिन्छ । जुन देशमा वैज्ञानिक तथ्यलाई मानेर यसविरुद्ध अभियान चलाइयो त्यहाँ कोरोनाले खासै क्षति गरेको देखिँदैन । तर, जहाँ शासकको व्यक्तिगत लहडमा काम भएको छ र प्रमाणित तथ्यभन्दा बाहिर गएर काम गरिएको छ त्यहाँ नै कोरोना भयावह समस्या बनेको छ अनि त्यही देशमा नै अत्यधिक जनताले ज्यान गुमाएको पनि देखिन्छ । नेपालमा पनि जानेर वा नजानेर त्यस्तै खालको कामलाई प्रोत्साहन गरिएको छ । त्यसैले सरकारले विज्ञहरूका सल्लाहअनुसार तीव्र गतिमा आगामी संकटका विरुद्ध तयारी थालिहाल्नुपर्छ । दोस्रो लहर उच्च तहमा नपुग्दै सरकारी अस्पतालहरूमा शय्या अभाव भएको समाचार आइरहेको छ । त्यस्तै विभिन्न अभावका बीच स्वास्थ्यकर्मीले जोखिम लिएरै पनि उपचारमा खटिरहेको पनि देखिएको छ । सरकारले आवश्यक स्वास्थ्योपकरणको थप जोहो तीव्र गतिमा अघि बढाउनुका विकल्प देखिँदैन । यद्यपि एउटा सत्य के हो भने कोरोनाको पहिलो लहर आउँदा नेपालको तयारी शून्य थियो र अहिले त्यो अवस्थामा निकै सुधार आएको छ, अनुभव र आत्मविश्वास पनि निकै बढेको छ । स्वास्थ्य मन्त्रालयले नै जेठको अन्त र असार महीनाको शुरूतिर संक्रमण चरम विन्दुमा पुग्ने आकलन गरेको छ । दैनिक ११ हजारका दरले संक्रमित हुने अनुमान उसले गरेको छ जुन अहिलेको दर हेर्दा त्योभन्दा निकै बढी हुने सम्भावना देखिन्छ । त्यसैले उपचार केन्द्र, स्वास्थ्यकर्मी तथा आइसोलेशन केन्द्रहरू निकै नै थप्नुपर्ने देखिन्छ । अहिलेको प्रजाति निकै संक्रामक हुनुका साथै सीधै श्वासप्रश्वासमा असर पार्ने खालको भएको विज्ञहरूको भनाइ भएकाले भेन्टिलेटर, अक्सिजन, सिलिन्डर र उपचारका लागि प्रयोग गरिने औषधि आदिको भण्डारण गर्न ढिला गर्नु हुँदैन । द्रुतमार्गबाट यसो गर्न कानूनी अड्चन छ भने स्वास्थ्य संकट काल लगाएर पनि आवश्यक जोहो गर्न कुनै पनि हालतमा ढिला गर्नु हुँदैन । सरकारी अस्पताल कोभिड बिरामीको उपचारमा केन्द्रित हुँदा अरू रोगको बिरामीले उपचार नपाउने अवस्था पनि देखिन थालेको छ । तिनको पनि उपचार हेरचाह र उपचार गर्ने जिम्मेवारी छँदै छ । होटल एशोसिएशन नेपालले होटेलहरूलाई पनि आइसोलेशन बनाउन दिन तयार रहेको बताएको छ । विगतमा पनि यस्तो प्रस्ताव उसले गरेकै हो । तर, सरकारले यसतर्फ अहिले पनि ध्यान दिएको छैन । आइसोलेशन केन्द्रहरू थप्न भौतिक सामानको जोहो गरे पुग्छ । तर, त्यहाँ आवश्यक जनशक्तिको समस्या पनि छ । यसका लागि नर्सिङ र डाक्टरी पढिरहेका विद्यार्थीहरूलाई पनि परिचालन गर्न सकिन्छ ।