चैत ९, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको साढे दुई घण्टाको एनआईसी एशिया बैंकको धितोपत्रको सर्वाधिक खरीद विक्री भएको छ ।
उक्त अवधिसम्ममा कारोबारमा आएका २२४ ओटा धितोपत्रमध्ये कम्पनीको रू. ६ करोड ८४ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७७७ मा कारोबार भइरहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २६ दशमलव ६५ अंक घटेर २ हजार ६२४ दशमलव शून्य ५ विन्दुमा झरेको छ ।
यसैगरी उक्त अवधिसम्ममा कुल रू.१ अर्ब ६ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।