दाङ : दाङमा एम्बुलेन्स दुर्घटना हुँदा चालक सिकिस्त भएका छन्। घाइते हुनेमा घोराही उपमहानगरपालिका-१७ बस्ने ३४ वर्षीय भूपबहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।बिहीबार बिहान करिब ९ बजेतिर घोराही-१९ च्यानगैरा भन्ने ठाउँमा घोराही–होलेरी सडकखण्डमा रोल्पाको होलेरीबाट दाङको घोराहीतर्फ आउँदै गरेको एम्बुलेन्स रा १ च ६९२ नम्बरको एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी राजनकुमार गौतमले जानकारी दिए।उनका अनुसार एम्बुलेन्स सडकदेखि करिब २० मिटर तल खसेर दुर