दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जैकब जुमालाई १५ महिना जेल सजाय

बीबीसी । दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जैकब जुमालाई १५ महिना जेल सजाय सुनाइएको छ। यो फैसला दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो संवैधानिक अदालतले गरेको हो। अदालतले उनलाई मानहानी मुद्दामा दोषी ठहर गरेको छ। उनी राष्ट्रपति पदमा रहँदा भ्रष्टाचारसँग सम्बन्धित एक घटनामा जाँच आयोगमा पेश हुन अदालतले आदेश दिएको थियो। जाँच आयोगमा नगई सन् २०१८मा उनको कार्यकाल सकिएको थियो।