पोखरामा एक घर, एक वृक्षरोपण

पोखरा महानगरपालिकाले आगामी तीन महिनाभित्रमा महानगरका सबै घर कम्पाउडमा बिरुवा रोप्ने भएको छ । पर्यटकीय सहरसमेत रहेको पोखराको वातावरणलाई हरियाली बनाउन महानगरले नगरवासीलाई अनिवार्यरुपमा वृक्षरोपण कार्यक्रममा सहभागी गराउने भएको हो । महानगर प्रमुख धनराज आचार्यले आज ५०औँ विश्व वातावरण दिवसका सन्दर्भ पारेर महानगरले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा अबको तीन महिनाभित्र प्रत्येक घरमा बिरुवा रोप्ने कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका हुन्।उनका अनुसार एक घर एक वृक्षरोपण कार्यक्रमका लागि महानगरले नै आवश्यक