वाग्मती प्रदेशमा १० वटा शीतभण्डार निर्माण हुँदै

मकवानपुर - वाग्मती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका १३ वटा जिल्लामा शीतभण्डार निर्माणको काम गरिरहेकाे छ । स्थानीय सहकारी संस्था र निजी कम्पनीसँगको साझेदारीमा शीतभण्डार निर्माण गरिएकाे हाे । धेरैजसो शीतभण्डार निर्माणको काम अन्तिम चरणमा पुगेकाे छ भने केहीको काम ५० प्रतिशतभन्दा कम सकिएकाे छ। शीतभण्डार निर्माणपछि किसानद्वारा उत्पादित तरकारी र फलफूल भण्डारण गरेर राख्न लागि सहज हुने प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले बताउनु भयाे।  भण्डार ...