५० वटा औद्योगिक ग्राम घोषणा हुँदै

काठमाडौं, असोज ५ । चालू आर्थिक वर्षमा ५० वटा औद्योगिक ग्राम घोषणा हुने भएका छन् । घोषणा गरी निर्माण कार्य गर्न बजेट विनियोजन भइसकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । घोषणा हुन बाँकी रहेका स्थानीय तहमा यस वर्ष घोषणा गरिनेछ । विभिन्न स्थानीय तहबाट औद्योगिक ग्राम घोषणाको प्रस्ताव आइरहेका छन् । मन्त्रालयको औद्योगिक […]

सम्बन्धित सामग्री

कार्यान्वयन नहुँदै थप औद्योगिक ग्राम घोषणाको तयारी

सरकारले थप ११ वटा औद्योगिक ग्राम घोषणा गर्ने तयारी गरेको छ । दुई वर्षअघि घोषणा गरिएका औद्योगिक ग्राम निर्माण पूरा नभई पुनः थप ११ वटा औद्योगिक ग्राम घोषणा गर्ने तयारी गरेको हो ।उद्योग, वाणज्यि तथा आपूर्ति मन्त्रालयले ११ वटा औद्योगिक ग्रामको सूचीसहित मन्त्रालयमा पेस गरेको छ । मन्त्रिपरिषद्ले घोषणा गरेपछि ग्राम स्थापना कार्यको कार्यान्वयन सुरु […]

यो वर्ष ५० वटा औद्योगिक ग्राम घोषणा हुने

चालू आर्थिक वर्षमा ५० वटा औद्योगिक ग्राम घोषणा हुने भएका छन् । घोषणा गरी निर्माण कार्य गर्न बजेट विनियोजन भइसकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । घोषणा हुन बाँकी रहेका स्थानीय तहमा यस वर्ष घोषणा गरिनेछ ।विभिन्न स्थानीय तहबाट औद्योगिक ग्राम घोषणाको प्रस्ताव आइरहेका छन् । मन्त्रालयको औद्योगिक पूर्वाधार शाखाका उपसचिव शान्ता नेपाल मरासिनीले भने, “नयाँ औद्योगिक ग्राम घोषणाका लागि नयाँ करिब १५ वटा प्रस्ताव आइसकेका छन् । मापदण्डअनुसार चेकजाँच गरेर तयारी अवस्थामा छ । मन्त्री आएप

५० वटा औद्योगिक ग्राम घोषणा हुँदै

चालू आर्थिक वर्षमा ५० वटा औद्योगिक ग्राम घोषणा हुने भएका छन् । घोषणा गरी निर्माण कार्य गर्न बजेट विनियोजन भइसकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । घोषणा हुन बाँकी रहेका स्थानीय तहमा यस वर्ष घोषणा गरिनेछ । विभिन्न स्थानीय तहबाट औद्योगिक ग्राम घोषणाको प्रस्ताव आइरहेका छन् । मन्त्रालयको औद्योगिक पूर्वाधार शाखाका उपसचिव शान्ता नेपाल मरासिनीले भन्नुभयो, “नयाँ औद्योगिक ग्राम घोषणाका लागि नयाँ करिब १५ वटा प्रस्ताव आइसकेका छन् । मापदण्डअनुसार चेकजाँच गरेर तयारी अवस्थामा छ । मन्त्री आएपछि क्याबिनेटमा लैजाने र घोषणा गर्ने काम हुन्छ ।”

औद्योगिक ग्राम स्थापनाका लागि सम्भाव्यता अध्ययन

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ कार्यक्रमअन्तर्गत २१ उद्योग स्थापना गरिने भएका छन् । औद्योगिक ग्राम स्थापनाका लागि सम्भाव्यता अध्ययनको काम अगाडि बढाइएको छ ।      स्थानीय तहको समन्वयमा श्रेष्ठ ईसीएन एलईसी जेभी परामर्शदाता कम्पनीले सम्भाव्यता अध्ययनको काम शुरू गरेको हो । प्रदेशका ९ मध्ये ८ जिल्लामा उद्योग स्थापना गर्न सम्भावना रहेका स्थानीय तहमा पुगेर जग्गाको अवस्थाका बारेमा जानकारी लिने काम गरिएको कम्पनीका परामर्शदाता डिल्लीराज अधिकारीले बताए । ‘दार्चुलाबाट कञ्चनपुरसम्म पुगेर औद्योगिक ग्राम स्थापनाका लागि सम्भाव्यता अध्यनको काम गरेका छौं,’ उनले भने, ‘स्थानीय तहले जग्गाको व्यवस्था गरी जग्गाको स्वामित्व, कित्ता नम्बर, क्षेत्रफल खुलेका स्थानीय तहको निर्णय, चार किल्ला खुलेको नापी कार्यालयबाट प्रमाणित नक्सा पठाएमा उद्योग तथा वाणिज्य मन्त्रालयले औद्योगिक ग्राम घोषणा गर्नेछ ।’ उनका अनुसार कञ्चनपुरमा चार, कैलालीमा छ, डँडेलधुरामा तीन, दार्चुलामा दुई, बैतडीमा एक, बझाङमा एक, अछाममा दुई र डोटीमा दुई औद्योगिक ग्राम स्थापना गर्ने लक्ष्य लिइएको छ । कञ्चनपुरको शुक्लाफाँटा, कृष्णपुर, भीमदत्त र दोधारा चाँदनी नगरपालिकामा औद्योगिक ग्राम स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिएको छ । एक औद्योगिक ग्राम स्थापनाका लागि  ९४ लाख लागत लाग्ने अनुमान गरिएको छ । ‘दुई महीनाभित्रै सम्भाव्यता अध्ययन गरिएका क्षेत्रमा औद्योगिक ग्राम स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिनेछ,’ परामर्शदाता अधिकारीले भने, ‘त्यसकै आधारमा औद्योगिक ग्राम स्थापनाका लागि लागत मूल्य निर्धारण गरिनेछ ।’ औद्योगिक ग्राम स्थापना हुने क्षेत्र राजमार्ग नजिक, विद्युत्, टेलिफोनको पहुँचसँगै विद्यालय र बस्तीभन्दा टाढा र बजार नजिक हुनुपर्नेछ । औद्योगिक ग्राम स्थापना गर्न जग्गाको न्यूनतम क्षेत्रफल हिमाली तथा दुर्गम पहाडी क्षेत्रमा ३० रोपनी, पहाडी क्षेत्रमा ४० रोपनी र तराईमा ७ बिगाहा हुनुपर्नेछ ।     औद्योगिक ग्राम स्थापना हुने क्षेत्र घना मानव बस्तीदेखि न्यूनतम १ किलोमिटर दूरी हुनुपर्नेछ । अन्तरराष्ट्रिय सीमाबाट न्यूनतम दुई किलोमिटरको दूरी हुनुपर्ने र आर्थिक तथा भौगोलिक दृष्टिकोणबाट उपयुक्त हुनुपर्नेछ । न्यून वातावरणीय असर भएको क्षेत्र औद्योगिक क्षेत्र स्थापनाका लागि उपयुक्त हुने बताइएको छ । औद्योगिक ग्रामबाट राजमार्गसँग जोड्ने पहँुचमार्गको न्यूनतम चौडाइ १० मिटर र ग्रामभित्रको मुख्य सडकको न्यूनतम चौडाइ १० मिटरको हुनुपर्नेछ ।      औद्योगिक ग्रामभित्र प्रशासनिक भवनसहित बैंक तथा वित्तीय सेवा, दिवा शिशु स्याहार केन्द्र, अग्नि नियन्त्रणको व्यवस्था, सामान प्रदर्शनी विक्री कक्ष, शौचालय पार्किङस्थल, चमेनागृह, प्राथमिक उपचार केन्द्र हुनेछन् । स्थानीय साधन स्रोत, कच्चा पदार्थ, प्रविधि र शीप परिचालन गरी औद्योगिक ग्राममा लघु, घरेलु तथा साना उद्योग स्थापना हुनेछन् । ग्राममा स्थापना हुने उद्योगबाट रोजगारीका अवसर सृजना गरी अर्थतन्त्रमा योगदान पु¥याउने लक्ष्य लिइएको छ । रासस

थप एघार औद्योगिक ग्राम घोषणा गरिँदै

सरकारले थप ११ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणाको तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक ग्राम घोषणाका लागि आएका प्रस्ताव छानबिन गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको छ । यसअघि चालू आर्थिक वर्ष २०७७÷७८ मा २९ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरी निर्माणको काम भइरहेको छ ।

औद्योगिक ग्राम प्रस्ताव नै गर्दैनन् स्थानीय तह

स्थानीय तहबाट औद्योगिक ग्राम घोषणाको प्रस्ताव आउन ढिलाइ भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ मा १३० वटा औद्योगिक ग्राम घोषणा गर्ने भने पनि हालसम्म जम्मा २९ वटा मात्र घोषणा भएको छ ।स्थानीय तहले प्रदेश हुदै सङ्घीय मन्त्रालयमा प्रस्ताव पठाएपछि अध्ययन गरेर घोषणा गर्ने व्यवस्था छ । आर्थिक ...

थपिँदै १६ औद्योगिक ग्राम

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सात प्रदेशमा थप १६ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणाको सिफारिस मन्त्रिपरिषद्मा पठाएको छ । मन्त्रिपरिषद्ले स्वीकृति गरेपछि निर्माण प्रक्रिया अघि बढाइने छ । गत मङ्सिरमा १३ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरिएको थियो । आर्थिक वर्ष २०७७÷७८ मा १३० वटा औद्योगिक ग्राम घोषणा गर्ने सरकारको नीति तथा कार्यक्रम रहेको छ । चालू आवमा हालसम्म २९ वटा औद्योगिक ग्राम घोषणा हुने भएका छन् । स्थानीय तहबाट प्रदेश हुँदै आउनुुपर्ने प्रस्ताव कोभिड–१९ का कारण ढिलाइ भइरहेको मन्त्रालयले जनाएको छ । उद्योग मन्त्रालय औद्योगिक पूर्वाधार शाखाकी उपसचिव शान्ता नेपाल मरासिनीले भन्नुुभयो, “औद्योगिक ग्राम स्थापना गर्न तोकिएको मापदण्ड पूरा गर्ने स्थानीय तहहरूबाट प्रस्ताव आइरहेका छन्, प्रदेश मन्त्रालय हुँदै आउनुपर्ने भएकाले पनि ढिला हुन्छ, यो वर्ष १३० वटा औद्योगिक ग्राम घोषणा गर्ने कार्यक्रम छ । ” प्रत्येक स्थानीय तहमा एक औद्योगिक ग्राम स्थापना गरी सञ्चालनमा ल्याउने नीतिअनुसार गत वर्षदेखि औद्योगिक ग्राम घोषणा गरिँदै आएको छ । गत वर्ष ४५ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषण गरी निर्माण कार्य अघि बढाइएको छ । एउटा उद्योग ग्रामका लागि मन्त्रालयले स्थानीय तहलाई करिब एक करोड रुपियाँ अनुदान उपलब्ध गराउँदै आएको छ ।

विभिन्न १२ ठाउँ औद्योगिक ग्राम घोषणा

२७ कात्तिक, काठमाडौं । सरकारले देशका विभिन्न १२ स्थानलाई औद्योगिक ग्राम घोषणा गरेको छ । कात्तिक २४ गते बसेको मन्त्रिपरिषद बैठकले गण्डकी प्रदेशका ५, प्रदेश १ का ३, कर्णाली प्रदेशका ३ र बागमती प्रदेशका १ स्थानलाई …

सात औद्योगिक ग्राम घोषणा मन्त्रिपरिषद्मै अड्कियो

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्ताव गरेको औद्योगिक ग्राम घोषणा प्रस्ताव मन्त्रिपरिषद्मा थन्किएको छ । मन्त्रालयले ७ वटा...