पार्टीले फिर्ता बोलाएकोबारे मन्त्रीहरू बेखबर, भन्छन् सञ्चारमाध्यमबाट थाहा पाएँ !

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले पार्टीको तर्फबाट सरकारमा सहभागीलाई फिर्ता बोलाउन गरेको निर्णयबारे मन्त्रीहरू नै बेखबर रहेको पाइएको छ । पार्टीको सचिवसमेत रहेकी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफूहरूसँग सल्लाह नै नगरी पार्टीले उक्त निर्णय गरेको बताइन् । ‘आधिकारिक जानकारी थिएन, सञ्चारमाध्यमबाट पार्टीको निर्णयबारे सुनेको हुँ’, उनले भनिन् । पार्टीका केन्द्रीय सदस्यसमेत रहेका श्रम, […]