‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताको आज भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब फाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालामा भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै मनाङ फाइनलमा पुगेको हो । खेलको निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा मनाङले बाजी मार्यो । पेनाल्टीमा मनाङका अञ्जन विष्ट, रुपेश केसी, मौसा अबागाना र पुजन उपरकोटीले गोल गरे । हिमालयनका उलिच सिवे र