म्यानमार : सेनाविरुद्ध सडकमा फोहोर फालेर प्रदर्शन, अहिलेसम्म ५ सय जनाको ज्यान गयो

काठमाण्डाै - म्यानमारमा सेनाको ज्यादतीविरुद्ध प्रदर्शनकारीले सडकमा फोहोर फालेर विरोध प्रदर्शन गरेका छन्  । सडकमा फोहोर फालेर भइरहेको प्रदर्शनका फोटोकाे सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । अवज्ञा आन्दोलनअन्तर्गत प्रदर्शनकारीले आजदेखि सडकमा फोहोर फालेर विरोध जनाउन थालेका बीबीसीले जनाएको छ । म्यानमारमा गएको फेब्रुअरी १ तारिखमा नेतृ आङ सान सुकीलगायतका नेतालाई हिरासतमा लिँदै सेनाले सत्ता हातमा लिएपछि विरोध प्रदर्शन भइरहेको छ । विरोध प्रदर्शन रोक्न त्यहाँका सुरक्षाकर्मीले बल प्रयोग गर्ने गरेका छन्  । अहिल...