रुपन्देही-१ मा नेकपा एमाले परित्याग गरेका पूर्व उपमहासचिव घनश्याम भूसाल र वर्तमान सचिव छविलाल विश्वकर्मा चुनावी मैदानमा उत्रिएका छन् । शनिबार एमाले परित्याग गरेको घोषणा गरेका माक्सवादी चिन्तक भूसालले सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र वाम उम्मेदवारका रुपमा रुपन्देही- १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।