मेगा बैंकले पनि तोक्यो आश्वा शुल्क, अब ३ बैंकबाट मात्र निशुल्क आईपिओ भर्न पाईने

अब मेगा बैंकबाट आईपिओ भर्दा पनि शुल्क लाग्ने भएको छ। यस अघिसम्म बैंकले निशुल्क सीआश्वा सेवा दिदै आएकोमा अब भने बैंकले आश्वा शुल्क लिने भएको हो । बैंकले असार ३ गतेको निर्णय अनुसार अबदेखि २५ रुपैयाँ आस्वा सेवा शुल्क लाग्ने जनाएको छ । यस संगै मेगाको खाता बाट पैसा काट्ने गरि आईपिओ भर्दा २५ रुपैयाँ शुल्क लाग्ने छ । सशुल्क आस्वा सेवाबाट ग्राहकवर्गले पाउने सेवा पनि अझ उत्कृष्ट हुने बैंकले जनाएको छ ।यस संगै अब निशुल्क सीआश्वा सेवा दिने वाणिज्य बैंकको संख्या ३ वटा मात्र बाँकि रहेको छ । नबिल बैंक, एनआईसी एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले हालसम्म निशुल्क सीआश्वा सेवा दिदै आएका छन् ।

सम्बन्धित सामग्री