कल सेन्टरको काठमाडौं–बुटवल कनेक्सन : नेपालीको नाममा दर्ता, चिनियाँको लगानी

प्रहरीले केही दिन यता विभिन्न स्थानमा छापा मारेका कल सेन्टर एक अर्कासँग सम्बन्धित देखिएका छन् । कल सेन्टरको आवरणमा भारतका विभिन्न सहरमा एप्स मार्फत ऋण लगानी गरेर चर्को ब्याज असुलेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौं र रुपन्देही प्रहरीले हालै ३ वटा कल सेन्टरमा छापा मारेको छ ।काठमाडौं महानगरपालिका–९ गैरीगाउँ, रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित जानकीनगर र काठमाडौं–२६ ज्याठास्थित भियना होटल भएको घरमा सञ्चालित कल सेन्टरको बिचमा कनेक्सन देखिएको प्रहरीको भनाइ छ ।गैरीगाउँ र तिलो