बागमतीमा सरकार गठनको बाटो खुल्यो,यस्तो छ प्रक्रिया

हेटौंडा : बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको छ। शनिबार निर्वाचन आयोगले बागमती प्रदेशसभा निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पेश गरेसँगै प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको हो।अब नेपालको संविधानको धारा १६८ को १ बमोजिम प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषदको गठन हुनेछ।तर बागमती प्रदेशमा कुनैपनि एउटा मात्रै दलले प्रदेशसभामा एकल बहुमत पाउन नसकेको हुँदा उपध