नवलपुरको डण्डा र आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टादेखि ठूलो वर्षा

नवलपरासी - नवलपुरको डण्डा र आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टामा ठूलो पानी परेको छ । पत्थरखोला,गिरवारि खोलालगायत साना खोलामा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले नदी तटीय क्षेत्रमा आज दिउँसोसम्म नै सतर्कता अपनाउन आग्रह गरेको छ । आज तराईका जिल्लाका ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्  । अहिले मनसुनी रेखा तराईको भूभाग नजिकै रहेको मौसमविद्ले बताएका छन् । आज हिजो अस्तिको जस्तो लगातारको झरी पर्ने सम्भावना भने नरहेको मौसमविद् विभूति पोखरेलले बताउनुभयो ।

सम्बन्धित सामग्री

देशका धेरै ठाउँमा एक सय मिलिमिटर भन्दा धेरै वर्षा, आज रातभरि पनि झरी पर्ने

काठमाण्डाै – देशभरका धेरै ठाउँमा लगातार झरी परेको छ । धेरै ठाउँमा एक सय मिलिमिटर भन्दा धेरै पानी परेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार इलाम, सप्तरी, महोत्तरी, मकवानपुर, चितवन, नवलपरासी लगायत क्षेत्रमा ठूलो पानी परेको छ । नवलपुर, डण्डा, बर्दाघाट र आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टादेखि वर्षा भइरहेको र थप वर्षा हुने देखिएकोले त्यस क्षेत्रमा बाढी आउन सक्ने चेतावनी दिइएको छ । यस्तै सप्तरी, सिरहा र आसपासका जिल्लामा ठूलो वर्षा भएको छ । यी क्षेत्रमा अझै ठूलो वर्षाको सम्भावना रहेका बाढी...