काठमाडौँ। फ्रेण्ड्स क्लबले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ। शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ब्रिगेड बोइज क्लबलाई ५–२ गोल अन्तरले हराउँदै फ्रेण्ड्सले लिगमा पहिलो जित दर्ता गरेको हो।
फ्रेन्ड्सको जितमा सुशील शाह र जमउल एन्थोनी फ्रान्सिओसले दुई–दुई गोल गरेका थिए भने श्याम बाबु केप्छ्याकीले एक गोल गरे।