बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को बडापत्र गतसाता प्रतिनिधिसभामा प्रस्तुत भएपछि चलेको छलफलमा सांसदहरूले आआफ्नो तर्क पेस गरेका छन् । केहीले सार्क निष्क्रिय भएको विषयमा चासो देखाएका छन् भने अरूले बिमस्टेक नेपालका निम्ति उपयोगी हुन सक्ने तर्क गरेका छन् ।