म्याग्दीमा पालिकाको बेरुजु ४७ करोड ५० लाख

एक नगरपालिका र पाँच गाउँपालिकासहित ६ स्थानीय तह रहेको म्याग्दीमा आर्थिक वर्ष २०७८/०७९ मा ४७ करोड ५० लाख ३६ हजार रुपैयाँ बजेट बेरुजु देखिएको छ । महालेखापरीक्षक कार्यालयको ६०औँ वार्षिक प्रतिवेदनले जिल्लाको सो बेरुजु देखाएको हो । सबैभन्दा बढी बेरुजु मालिका गाउँपालिकामा र कम बेरुजु रघुगंगा गाउँपालिकामा देखिएको छ । प्रतिशतका हिसाबले बेनी नगरपालिकामा ८.५६ […]