कर्मचारी अभावले अदालतको सेवा प्रवाहमा समस्या

बेँसीसहर नगरपालिका-८ स्थित जिल्ला अदालतमा दरबन्दीअनुसार कर्मचारी अभावमा दैनिक सेवा प्रवाहमा समस्या हुँदै आएको छ । दरबन्दीअनुसार ३० कर्मचारी हुनुपर्ने सो अदालतमा २० कर्मचारी हुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको हो ।