दुग्ध पाउडर प्लान्ट : निर्माण कार्यको म्याद सकिँदासम्म ५० प्रतिशतमात्र प्रगति

दुग्ध उत्पादक कृषकहरूले उत्पादन गरेको दूधलाई खेर जान नदिनका लागि बागमती प्रदेश सरकारले हेटौँडामा दुग्ध पाउडर प्लान्ट निर्माण कार्य सुरु गरे पनि भौतिक प्रगति सुस्त देखिएको छ । किसानले उत्पादन गरेको दूध विभिन्न कारणवश सडकमा फाल्नुपर्ने अवस्था झेल्दै आएकोमा प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयले दुग्ध पाउडर प्लान्ट निर्माण कार्य अघि बढाएको हो ।निर्माण कार्य सम्पन्न गर्नुपर्ने म्याद समाप्त भएपछि भने प्लान्ट निर्माणको कामले तीव्रता पाउन थालेको छ । एक वर्षको समय सीमा राखेर निर्माण कार्य सुरु गरिएको उक