काठमाण्डाै - देशका धेरै ठाउँमा बिहानैदेखि कुहिरो लागेको छ । पहाडी क्षेत्र र तराईका जिल्लामा कुहिरो लागेकाले भिजिबिलिटी घटेको मौसमविद् मञ्जु बासीले बताउनुभयो ।
उहाँका अनुसार काठमाण्डौको बिहानको भिजिबिलिटी ५ सय मिटरमा झरेको छ । कुहिरो हट्न थालेसँगै बिस्तारै भिजिबिलिटी बढ्न थालेको छ । तर, विमान उडान र अवतरण हुने गरी अझै मौसम खुलेको छैन । भिजिबिलिटी घटेकाले अहिले आन्तरिक र बाह्य दुवै उडान ठप्प भएका छन् ।
काठमाण्डौको त्रिभुवन विमानस्थलबाट उडान सुरु गर्न अझै एक घण्टा पर्खिनु पर्ने मौसमविद् बासीले ...