दश बुँदे सहमतिका आधारमा नै पार्टीलाई एकताबद्ध बनाउने एमाले नेताहरुको प्रतिबद्धता

काठमाण्डाै – नेकपा एमालेका नेताहरुले दश बुँदे सहमतिका आधारमा नै पार्टीलाई एकतावद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । विघटित पार्टी एकता कार्यदलका सदस्यहरुले पार्टीलाई एकताबद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने निष्कर्ष निकालेका हुन् । आज बिहान एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले पार्टी एकताका लागि गठित कार्यदलमा जुटेको दश बुँदे सहमति कार्यान्वयन गर्दै अघि बढ्ने निर्णय भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो । एमाले एकताबद्ध हुँदा देशको कम्युनिष्ट आन्दोलन, लोकतन्त्र र संविध...