बिरालोलाई लात हान्ने जुमाले १८० घण्टा सामाजिक सेवा गर्नुपर्ने

१८ जेठ, काठमाडौं । आफ्नै घरमा पालेको बिरालोलाई झापड र लात हानेको आरोप पुष्टि भएपछि वेष्ट ह्यामका डिफेण्डर कर्ट जुमालाई अदालतले १८० घण्टा सामाजिक सेवा गर्नुपर्ने सजाय सुनाएको छ । २७ वर्षीय यी खेलाडीलाई आगामी पाँच वर्षसम्म घरमा बिरालो पाल्न नपाउने फैसलासमेत भएको छ । पशु अधिकार कानूनअन्तर्गत थेम्स म्याजिस्ट्रेट कोर्टमा भएको सुनुवाईमा उनले दुईवटा […]