कांग्रेस सभापतिमा निर्वाचित देउवाले आज पदभार ग्रहण गर्दै , केन्द्रीय समितिको पहिलो बैठक बस्दै

काठमाण्डाै - नेपाली कांग्रेसमा दोस्रो कार्यकालका लागि निर्वाचित सभापति शेरबहादुर देउवाले आज पदभार ग्रहण गर्दै हुनुहुन्छ । १४औँ महाधिवेशनबाट निर्वाचित सबैलाई पार्टीको केन्द्रीय निर्वाचन समितिले प्रमाणपत्र हस्तान्तरण गर्दैछ । केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले कांग्रेस केन्द्रीय कार्यालयमा ‘निर्वाचित भएको प्रमाणपत्र’ वितरण गर्ने कार्यक्रम बिहान ११ बजेका लागि तय गरिएको जानकारी दिनुभयो । एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीसहित १ सय ३४ जना केन्द्रीय सदस्यका लागि गएको मंसिर २७ गते चुन...

सम्बन्धित सामग्री

काँग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक शनिबार

काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बस्ने भएको छ । महाधिवेशनका सम्पूर्ण प्रक्रिया पूरा भएपछि शनिबार नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्न लागेको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले शुक्रबार केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्ने र शनिबार पहिलो बैठक बस्ने कार्यक्रम रहेको जानकारी दिए […]

काँग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आह्वान

नेपाली काँग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा यही पुस १० गते पहिलो केन्द्रीय कमिटीको बैठक बस्न लागेको एक नेताले रातोपाटीलाई बताए । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने १० गते बैठक बोलाउने भएपनि समय तय भइनसकेको बताए । त्यसअघि पुस ९ गते काँग्रेसको केन्द्रीय निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ ।सोही दिन सभापति शेरबहादुर देउवाले पदभार ग्रहण गर्ने छन् । १४ औं महाधिवेशनबाट