गण्डकीमा १८६ जना कोरोना सङ्क्रमणमुक्त,  ९४९ जना थपिए

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १८६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा ९४९ जना सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालक केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।थपिनेमा कास्कीका ४५६, तनहुँका १००, लमजुङका ९६, पर्वतका ७८, स्याङ्जाका ७५ र म्याग्दीका ४९ जना छन् । त्यस्तै नवलपरासी पूर्वका ४७, गोरखाका ३५, बागलुङका नौ र मुस्ताङका चार जना रहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा होम आइसोलेशनमा रहनेको सङ्ख्या पाँच हजार ६२३ जना रहेको जनाइएको छ । 

सम्बन्धित सामग्री

भारतमा एकैदिन थपिए बीस हजारभन्दा बढी कोरोना सङ्क्रमित

बितेका २४ घण्टामा भारतको विभिन्न भागमा २० हजार भन्दा बढी कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । यस समयमा २० हजार ४०९ थप  व्यक्तिमा कोरोना देखिएपछि  भारतमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३९ लाखमा  ७९ हजार सात सय ३० पुगेको छ ।  देशभर एक लाख ४३ हजार नौ सय ८८ सक्रिय सङ्क्रमित छन् ।  पछिल्लो एक दिनको अवधिमा १९ हजार दुई १६ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करो

प्रदेश नं १- मोरङमा मात्रै १४ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा मोरङमा सबैभन्दा बढी १४ जनामा कारोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा सुनसरीमा तीन, झापामा दुई, उदयपुर र प्रदेश बाहिरका एक/एक गरी २१ जना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयमा अनुसार ३५७ जनाको पीसीआर परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । प्रदेशमा आजै पाँच महिलासहित ११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् एक जना पुरुषको मृत्यु भएको र अझै प्रदेशमा १४४ जना सक्रिया सङ्क्रमित रहेको जनाइएको छ ।

फेरि बढ्न थाल्याे कोरोना सङ्क्रमण, २४ घण्टामा चार सय ३५ सङ्क्रमित थपिए

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमण दर फेरि बढेको छ । पछिल्लो २४ घण्टामा चार सय ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १० हजार दुई सय ६७ जनाको नमुना परीक्षण गर्दा चार दशमलव २३ प्रतिशत अर्थात् चार सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  पछिल्ला केही हप्तायता सङ्क्रमण दर दुई प्रतिशतको हाराहारीमै रहेकोमा फेरि बढ्न थालेको हो । यस्तै पछिल्लो २४ घण्टामा दुई सय ३९ जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्...

२४ घण्टामा २ सय २० सङ्क्रमित थपिए, २ सय ५३ जना निकाे

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर दुई सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात हजार ६ सय आठ जनाको नमुना परीक्षण गर्दा दुई सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई सय ५३ जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ११ हजार पाँच सय १९ पुगेको छ । यही अवधिमा दुई जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ९० पुगेको छ । अहिले नेपालमा चार हजार आठ सय ६...

प्रदेश १ मा २३ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन सय ५५ को पीसीआर परीक्षण गर्दा २२ र ४८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३, सुनसरीमा चार, झापामा तीन, पाँचथर र प्रदेश बाहिरका एक/एकमा सङ्क्रमण पुष्टि भएको हो । प्रदेशमा आजै छ महिलासहित ११ कोरोना सङ्क्रमणमुक्त भएका छन् भने अझै सक्रिय सङ्क्रमितको ११३ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा २३ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन सय ५५ को पीसीआर परीक्षण गर्दा २२ र ४८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३, सुनसरीमा चार, झापामा तीन, पाँचथर र प्रदेश बाहिरका एक/एकमा सङ्क्रमण पुष्टि भएको हो । प्रदेशमा आजै छ महिलासहित ११ कोरोना सङ्क्रमणमुक्त भएका छन् भने अझै सक्रिय सङ्क्रमितको ११३ जना रहेको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा २ सय ९० जना सङ्क्रमित थपिए, २ लाख ४७ हजार जनाले खाेप लगाए

काठमाण्डाै – पछिल्लो २४ घण्टामा दुई सय ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १७ हजार ८९ जनाको नमुना परीक्षण गर्दा दुई सय ९० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । याेसहित नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरिएकाे परीक्षणमा आठ लाख नाै हजार तीन सय ८७ जना र एन्टिजेन विधिबाट गरिएकाे परीक्षणमा ९६ हजार २१ जनामा सङ्क्रमण पुष्टि भएकाे छ ।  यस्तै पछिल्लो २४ घण्टामा दुई सय ३२ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्...

प्रदेश १ मा ११ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो दर लगातार तीन दिनदेखि एउटै देखिएको छ । दुई सय ८५ जनाको पीसीआर परीक्षण गर्दा आठ र ७४ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा पाँच र झापामा तीन जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै छ महिलासहित १२ कोरोना सङ्क्रमणमुक्त भएका छन् भने एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा अझै ८६ सक्रिय सङ्क्रमित छन

गण्डकीमा ३४ कोरोना सङ्क्रमणमुक्त, २३ सङ्क्रमित थपिए

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा २३ सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । थपिनेमा कास्कीका नौ, स्याङ्जाका आठ, तनहुँका दुई तथा नवलपरासीपूर्व, लमजुङ, गोरखा र म्याग्दीका एक÷एक जना छन् । यस अवधिमा पोखरा महानगरपालिका–२६ का ५६ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जानकारी दिए ।  उनका अनुसार निजसँगै प्रदेशमा कोरोना सङ्क्रमण ...