काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस पुनः प्रकट भएकामा गम्भीर चिन्ता व्यक्त गरेका छन् । नेपाल चेम्बर अफ कमर्शको ७०औँ वार्षिक साधारणसभाको बिहिवार यहाँ उद्घाटन गर्दै उनले सबैलाई सचेत रहन तथा सावधानी अपनाउन आग्रह गर्दै सरसफाइ र व्यक्तिगत स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरे । देशलाई पुनः ठप्प पार्ने बाध्यात्मक परिस्थिति सिर्जना नहोस् भन्नेतर्फ सम्पूर्ण नेपाली जनता जागरुक हुनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो ।